Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

इसेवा मनि ट्रान्स्फर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्स्फर र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं, १७ असार । रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

योे सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको बताइएको छ। साथै यसले डिजिटल रेमिट्यान्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको बताइएको छ। रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *