Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माछापुच्छ्रे बैंक ऋणपत्र बिक्रीको अनुमति पायो

माछापुच्छ्रे बैंक ऋणपत्र बिक्रीको अनुमति पायो

काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

त्यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x