Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मनकाना स्मार्ट लघुवित्तको आइपीओ बिक्री खुला

मनकाना स्मार्ट लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं, १७ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गरेको छ । संस्थाले आजदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका यही असार २१ गतेसम्म आवेदन दिन सक्ने छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x