Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् सम्झौता

इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् सम्झौता

काठमाडौं,२३ असार । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिनेछ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिने इसेवा मनि ट्रान्सफरले जनाएको छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x