Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमालयन एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुक गर्न सकिने

हिमालयन एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुक गर्न सकिने

काठमाडौं, २३ असार । हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरू गरेको छ। योसँगै अब ग्राहकहरूले कम्पनीको बेवसाइटमा गएर अनलाइनमार्फत् एयरलाइन्सको टिकट बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तैः उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने छन् ।

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तैः ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरूमार्फत् नवीनतम सेवा सुरू गर्ने योजना बनाएको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x