Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक घटेर २८०० विन्दुमा झर्याे, ४ अर्ब ५८ करोडको शेयर कारोबार

नेप्से परिसूचक घटेर २८०० विन्दुमा झर्याे, ४ अर्ब ५८ करोडको शेयर कारोबार

काठमाडौं, २३ असार । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६.९७ अंक घटेर २८०१.१३ विन्दुमा रोकिएको हो । गत कारोबार दिन नेप्से परिसूचक ५ अंकले घटेको थियो ।

आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा विकास बैंक समूह र वित्त समूह रहेका छन् ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूह रहेका छन् । यी समूहको परिसूचक क्रमशः २.१६ प्रतिशत र २.१३ प्रतिशत रहेको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री छिमेक लघुवित्त विकास बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ४३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको भएको छ ।

आज अपर तामाकोशी र यूनाइडेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x