Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

लगातार घटेको बजार साताको अन्तिम दिन दोहोरो अंकले बढेर बन्द

लगातार घटेको बजार साताको अन्तिम दिन दोहोरो अंकले बढेर बन्द

काठमाडौं, २४ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । लगातार ओरालो लागेको बजार आज भने २३.७६ अंक वृद्धि भएर २८२४ विन्दुमा रोकिएको हो । सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले वृद्धि भएर ५२९.६६ विन्दुमा पुगेको छ ।

आज २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ८१ करोड ५५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये उद्योग र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको परिसूचक ०.५५ प्रतिशतले र अन्य समूहको पनि ०.५५ अंकले नै घटेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ ।
आज गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सको शेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको शेयर मूल्य ९.४७ प्रतिशतले वृद्धि भएर ४७४ रुपैयाँ कायम भएको छ ।

बढेको बजारमा नेपाल बैंक लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको २१ करोड ५२ लाख ९१ हजारको शेयर खरिद विक्री भएको छ । नेपाल बैंकको शेयर मूल्य ४३८ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *