Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मौद्रिक नीति आर्थिक व्यावसायिक क्षेत्रको मनोबल उकास्नेगरी आउँछ : गभर्नर अधिकारी

मौद्रिक नीति आर्थिक व्यावसायिक क्षेत्रको मनोबल उकास्नेगरी आउँछ : गभर्नर अधिकारी

काठमाडौं, २५ असार । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आसन्न मौद्रिक नीति अर्थतन्त्रको आत्मविश्वास बढाउने खालको हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका सम्बन्धमा बिहीवार पेश गरेको ३५बुँदे सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालासँग राष्ट्र बैंकले छलफल गरिरहेको तथा चालू आवको मौद्रिक नीतिले औद्योगिक व्यावसायिक लगायत क्षेत्रको आत्मविश्वास उकास्ने उल्लेख गरेका हुन् ।

‘चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौं,’ उनले भने, ‘आगामी मौद्रिक नीति पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउँछौं ।’

सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ ।

‘चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ, तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ,’ सेजनले भनेको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरउत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको उल्लेख गर्दै सेजनले वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको स्मरण गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x