‘विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य प्राप्तिका लागि कार्ययोजना र रणनीति तयार’
काठमाडौं, २५ असार । ५ वर्षपछि मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका निम्ति राष्ट्रिय योजना आयोगले कार्ययोजना र रणनीति तयार पारिएको ब ताएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा बिहीवार आयोजना गरेको अनुसन्धान कार्यशालामा आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले यसबारे जानकारी दिएका हुन् ।
‘अन्तरराष्ट्रिय विकास सहायता परिचालन, आर्थिक कूटनीति, उत्पादनशील क्षेत्रमा विप्रेषणको उपयोग, त्यसको औपचारिक आप्रवाह, पर्यटन प्रवद्र्धनलगायत १२ विषयलाई समेटेर तयार गरिएको रणनीति १५औं योजनाको महत्वपूर्ण मार्गचित्र हो,’ दिगो विकासका लक्ष्यप्रतिको नेपालको प्रतिबद्धता र अल्पविकसित राष्ट्रबाट उठ्ने नेपालको रणनीति सुनाउँदै प्राडा कँडेलले भने ।
नेपालको राष्ट्रिय हित र समग्र विकास केन्द्रित रणनीतिमा श्रम तथा रोजगारी, जलवायु परिवर्तनसम्बन्धी कोष, शान्ति सुरक्षा र अर्थतन्त्रको उन्नयनलाई उच्च प्राथमिकता दिइएको भन्दै उनले त्यो ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार गर्नेतर्फ परिलक्षित रहेको बताए ।
सो अवरमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तरराष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् । उनीहरूले नेपालको विकासका लागि लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार नै अबको प्रमुख कार्यसूची हुनुपर्ने बताए ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि आर्थिक कूटनीतिको सशक्त सञ्चालन परिहार्य भएको विचार व्यक्त गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन अहिलेको आवश्यकता भएको बताए । पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीति सञ्चालनका खातिर ३५ देशविशेष रणनीति बनाएर काम थालिएको जानकारी दिँदै उनले पर्याप्त जनशक्ति र स्रोत–साधनको अभावमा लक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले निर्यात प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्यात प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा नेपाली सेवा तथा उत्पादनलाई विश्व बजारमा पु¥याउन भरमग्दुर प्रयास भइरहेको जानकारी दिए ।