Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवामा सहकार्य गर्ने सम्झौता

ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, २६ असार । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच डिजिटल सेवा र सूचना प्रविधि प्रबर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ। यी दुई संस्थाबीच देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रबर्द्धन, तालिम र सेवा विस्तारित कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउने सम्झौता भएको हो ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र क्यानका उपाध्यक्ष श्रञ्जितकुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा र साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *