Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

काठमाडौं, २७ असार । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरु गरेको छ । प्राप्ती पश्चात नेपाल फाइनान्सको नामबाट आइतबार (आज)देखि एकीकृत कारोबार सुरु गरिएको हो । दुई कम्पनीबीच गत पुसमै एकीकृत कारोबार सम्बनिध सम्झौता भएको थियो ।

नेपाल फाइनान्सले १ बराबर १ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ती गरेको हो । प्राप्ति पछि कूल शाखा सख्या १३ पुग्ने छ ।
यस्तै नेपाल फाइनान्स चुक्ता पूँजी ५५ करोड रुपैयाँ पुगेको छ। आगामी दिनमा थप वित्तीय पहुँच र व्यवसाय अभिवृद्धि गर्दै जाने कम्पनीको योजना छ । त्यसका लागि मुलुकका विभिन्न् भुभागमा शाखा कार्यालय र एक्सटेन्सन काउन्टहरु विस्तार गर्ने जनाइएको छ ।

दुवै कम्पनीको कर्मचारीहरुको योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिएकाले पनि व्यवसाय अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास छ । वित्तीय संस्थाहरुको मर्जर र प्राप्तीमा कर्मचारी व्यवस्थापन निकै चुनौतीपूर्ण रहने गरेपनि नेपाल फाइनान्समा त्यस्तो नभएको बताइएको छ।
नेपाल फाइनान्स नेपालकै पहिलो फाइनान्स कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x