Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइतबार शेयर बजारमा हरियाली, ८ अर्ब बढीको कारोबार

आइतबार शेयर बजारमा हरियाली, ८ अर्ब बढीको कारोबार

काठमाडौं, २७ असार । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ । आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको हो । नेप्से परिसूचकमा हरियाली छाएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

गत कारोबार दिनको तुलनामा कारोबार रकम झण्डै २ गुणा बढेको छ । गत कारोबार दिन ४ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८ अर्ब ६ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज नेप्से परिसूचक ७४.७१ अंकले वृद्धि भएर २८९९.८२ विन्दुमा रोकिएको छ ।

सर्वाधिक परिसूचक वृद्धि विकास बैंक र फाइनान्स समूहको भएको छ । यी समूहको परिसूचक ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज सर्वाधिक कमाउँनेमा गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट र आईसी एफसी फईनान्सका लागनीकर्ता रहेका छन् । यी कम्पनीका शेयरधनीले प्रतिकित्ता १० प्रतिशतभन्दा बढीले कमाएका छन् ।

गुमाउँनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x