Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नेपाल चेम्वर अफ कमर्सद्धारा संधोधित नेपाल भारत रेल्वे सम्झौताको स्वागत

नेपाल चेम्वर अफ कमर्सद्धारा संधोधित नेपाल भारत रेल्वे सम्झौताको स्वागत

काठमाडौं, २७ असार । नेपाल चेम्वर अफ कमर्सले नेपाल भारतबीच सम्पन्न संधोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक सूचना जारी गरी संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताएका हुन् ।

उनले यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिएका छन् । अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने बताउदै चेम्वरले बिगत धेरै समय देखि व्यवसायीक लागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिदै आएको बताएका छन् ।

संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पद्र्धी हुने बिश्वास चेम्बरले राखेको छ । यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *