दुई जना भाग्यशालीले मनकामना स्मार्टको ११ कित्ता शेयर पाए
काठमाडौं, २८ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलमा एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँड गरिएको हो ।
आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना योग्यआवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् । पहिलो चरणमा बाँडफाँड गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्ये २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । । सर्वसाधारणका लागि छुट्याईएको कुल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्ये कम्पनीले यस अघिनै०.५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ ।