Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सर्लाहीको बरहथवा नगरपालिकामा प्रोग्रेशिभ फाइनान्सको शाखा सञ्चालन

सर्लाहीको बरहथवा नगरपालिकामा प्रोग्रेशिभ फाइनान्सको शाखा सञ्चालन

काठमाडौं, १ साउन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । योसँगै फाइनान्सको कुल शाखा संख्या ११ पुगेको छ । ४ वटा एक्सटेन्शन कार्यालयहरु पनि संचालनमा छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाले बरहथवानगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीयजनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ,आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै अन्य स्थानमा पनि शाखा रहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाइएको छ । केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *