Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सिभिल बैंकद्वारा सर्वाधिक ब्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजना सार्वजनिक

सिभिल बैंकद्वारा सर्वाधिक ब्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजना सार्वजनिक

काठमाडौं, १ साउन । सिभिल बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । न्युनतम मौज्दात २५ हजार रहेको “सुपर प्रिमियम वचत खाता”मा बैंकले वार्षिक ६.०१प्रतिशत ब्याजदर सहित मेटलाईफसंगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ ।

त्यसैगरी खुत्रुके खाता (रिकरिंग डिपोजिट)मा अन्य बैंकहरुले प्रदानगरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुईबर्ष देखि दशबर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम पाँच सय देखि माथि संचय गर्दै जान सक्नेछन् । कुनै महिनामाकुनै कारणबस जम्मागर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमापश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउने बताइएको छ। अझ यस खातामा सुपर प्रिमियम बचत खातामाभन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिने बैंकले जनाएको छ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिकब्याजदर पनि प्रदानगर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x