अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर अर्थमन्त्रीले श्वेत पत्र ल्याउने
काठमाडौं, १ साउन । सरकारले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन ।
‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइउने छ ।
साढे तीन वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफू अर्थमन्त्री बने लगत्तै श्वेत्रपत्र ल्याएको थिए ।