Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एक वर्षमा ७ लाख ६४ हजार लगानीकर्ताले लिए अनलाइनबाट शेयर कारोबार गर्न युजर नेम र पासपोर्ट

एक वर्षमा ७ लाख ६४ हजार लगानीकर्ताले लिए अनलाइनबाट शेयर कारोबार गर्न युजर नेम र पासपोर्ट

बलराम बुढाथोकी,

काठमाडौं, १ साउन । एक वर्षमा अनलाइनबाट शेयर कारोबार गर्नेहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को अन्तिमदिनसम्म अनलाइनबाट शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ७ लाख ९९ हजार ९९३ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत आर्थिक वर्षमा मात्र दोस्रो बजारमा अनलाइनबाट शेयर कारोबार गर्न ७ लाख ६४ हजार ८७४ नयाँ लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका छन् । अनलाइनबाट शेयर कारोबार गर्न सक्ने व्यवस्था गरेपश्चात अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को अन्तिम दिनसम्म ३५ हजार ११९ ले दोस्रो बजारमा अनलाइनबाट शेयर कारोबार गर्न युजर नेम र पासवर्ड लिएका थिए । सरकारले विभिन्न समयमा लागु गरेको निषेधाज्ञाका कारण अनलाइनबाट शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

साउदका अनुसार पछिल्लो समय प्रविधिको क्षेत्रमा अब्बल नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेकाले पनि अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या बढ्दै गएको हो । नेप्सेले लगानीकर्ताका लागि इन्टरनेटको प्रयोगबाट अनलाइनबाट नै शेयर कारोबार गर्न सहज बनाएका करण शेयर बजारमा नयाँ–नयाँ रेकर्ड बन्दै गएको उनी बताउँछन् ।

नेप्सेले २०७४ कात्तिक २० गतेबाट शेयर कारोबारमा अनलाइन प्रणाली लागु गरेको थियो । सोही अनुरुम नेपाल धितोपत्र बोर्डले २०७५ साउन १ गतेदेखि अनलाइनबाट शेयर किनबेच गर्ने नियम लागु गरेको थियो । उक्त नियम लागु भएयता लगानीकर्ता अनलाइनबाट नै शेयर किनबेच गर्न सक्रिय भएका छन् ।

त्यसैगरी शेयर बजारको प्राथमिक निष्कासनमा पनि लगानीकर्ताको आकर्षण उत्साहप्रद देखिएको छ । आर्थिक वर्षको अन्तिममा सार्वजनिक भएको युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ)मा हालसम्मकै उच्च आवेदन परेको थियो । उक्त कम्पनीले निष्कासन गरेको आईपीओमा २१ लाख ८२ हजार ८५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

हालसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ५१ हजार ७१८ पुगेको छ । यो तथ्यांक चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो दिन सम्मको हो । मेरो शेयरको प्रयोगकर्ता २८ लाख ५१ हजार ७१४ रहेको सीडीएससीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x