Date

शनि, चैत्र १, २०८१
Sat, March 15, 2025

अब प्राईम बैंकको खाता खल्तीसँग लिंक गर्दा १०० बोनस प्राप्त हुने

अब प्राईम बैंकको खाता खल्तीसँग लिंक गर्दा १०० बोनस प्राप्त हुने

काठमाडौं, १ साउन । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंकको खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस प्रदान गर्ने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो ।

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाई गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ ।साथै लिंक घरबाटै गर्न सम्भव हुने छ ।

यो योजना जुलाई १६ देखि ३१ तारीख सम्म खल्तीसँग प्राईम बैंकको खाता लिंक गर्ने जोकोहिलाई लागु हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x