Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्झौता

काठमाडौं, १ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच रकम भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि युएनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ । कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरु मध्ये उद्यमी बन्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताए । युएनडिपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडिपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनिहरुको जिविकोपार्जनमा सहयोग पुग्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x