Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशतले बढ्यो निक्षेप

बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं, २ साउन । चालू आर्थिक वर्षको ११ महिना अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ । गत आवमा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९८ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x