Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

करिब तीन महिनापछि आजदेखि चल्न थाले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी

करिब तीन महिनापछि आजदेखि चल्न थाले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी

काठमाडौं, ९ साउन । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण गत वैशाख १६ देखि बन्द लामो तथा मध्यम दूरीका सवारी साधनहरु आज बिहानैदेखि निर्वाध रुपमा काठमाडौं प्रवेश गरिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।

सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *