Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सिद्धार्थनगर, ९ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको राससमा उल्लेख छ । ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौं,’ उनले भने ।

क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच÷सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिंगल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।

क्यालिबेरेशन फ्लाइटमा सबै सिंगल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरू गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ ।

यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान)मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरू गरेको हो । कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x