Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई बैंकका कर्मचारीले वर्षिक विदा लिँदा अनिवार्य ७ दिन घुमफिर विदा लिनु पर्ने

ग्लोबल आइएमई बैंकका कर्मचारीले वर्षिक विदा लिँदा अनिवार्य ७ दिन घुमफिर विदा लिनु पर्ने

काठमाडौं, ९ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारीहरुले वार्षिक विदा लिँदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीले विदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।

कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको महत्व रहेको बताइएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

हाल बैंकले ७ वटै प्रदेशका ७६ जिल्लामा २७३ शाखा कार्यालय, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x