Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

माथिल्लो तामाकोशीको तेस्रो युनिट सञ्चालनमा, भदौदेखि पूर्ण क्षमतामा उत्पादन

माथिल्लो तामाकोशीको तेस्रो युनिट सञ्चालनमा, भदौदेखि पूर्ण क्षमतामा उत्पादन

काठमाडौं, १० साउन । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले तेस्रो युनिट पनि सञ्चालनमा ल्याएको छ । आयोजनाबाट शुक्रवारदेखि ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो । यससँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

आयोजनाबाट पहिलो युनिट असार २१ गते र दोस्रो युनिट असार २९ गतेदेखि सञ्चालनमा आएका थिए । यसै महिना चौथो युनिट सञ्चालन हुने र भदौभित्रै ६ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने कार्यतालिका रहेको आयोजनाले जानकारी दिएको छ । माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ ।

७६ मेगावाट क्षमताका ६ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट भदौसम्ममा सबै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x