Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

भटमास तेलले उकासेको निर्यात व्यापार, एक वर्षमै ५३ अर्बको निकासी

भटमास तेलले उकासेको निर्यात व्यापार, एक वर्षमै ५३ अर्बको निकासी

काठमाडौं, १० साउन । निर्यातको तुलनामा आयात दशौं गुणा बढी हुँदा मुलुकको व्यापार घाटा वर्षेनि बढ्दै गए पनि केही वस्तुको निकासीले भने उत्साह थपेको देखिन्छ । गत आर्थिक वर्ष २०७७÷७८ मा आयात तथा निर्यात दुवै उच्च परिमाणले बढेको छ । यद्यपि निर्यातमा देखिएको वृद्धिले पनि आशा ठाउँ समेत दिएको हो । यसरी नेपालको निर्यातलाई उकास्ने मुख्य वस्तुमा भने भटमासको प्रशोधित तेल रहेको छ ।

एक वर्षमा अवधिमा नेपालबाट भटमासको प्रशोधित तेल मात्रै ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकले मुलुकबाट कुल ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको भटमासको तेल निकासी भएको देखाएको छ । सो अवधिमा कुल २९ करोड ८० लाख ४३ हजार केजीभन्दा बढी भटमासको तेल निर्यात भएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा भटमासको प्रशोधित तेल निर्यात ४२२.७४ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आवमा १२ अर्ब ६९ करोड ११ लाख २० हजार रुपैयाँ बराबरको ९ करोड ४१ लाख ८३ हजार केजी भटमासको तेल निकासी भएको भन्सार विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *