Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौं, १० साउन । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । बाँकी १८ लाख इकाई बैंक आफै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x