Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

व्यवसायलाई लयमा फर्काउन निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन चन्द्र ढकालको जोड

व्यवसायलाई लयमा फर्काउन निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन चन्द्र ढकालको जोड

काठमाडौं, १० साउन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटन लगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा फर्काउन खोप अनिवार्य भएको बताएका छन्। शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।

संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी रहेको भन्दै त्यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको र नयाँ सरकारसँग त्यसको व्यवस्था गर्नुपर्ने बताए ।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै ढकालले हालै मात्र ग्लोबल आइएमई बैंकले वार्षिक–अनिवार्य बिदा लिने बैंकका कर्मचारीहरूले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्नुपर्ने व्यवस्था जानकारी पनि दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x