आरएसडिसी लघुवित्तको सिईओमा ध्रुव कुमार नियुक्त
काठमाडौं, १० साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी पौडेललाई सिईओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षे हुनेछ ।