Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

खल्तीबाट मोवाइल रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने

खल्तीबाट मोवाइल रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं, १० साउन । खल्तीमा दर्ता गरिएको आफ्नो मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ। यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको बताइएको छ ।

प्रयोगकर्ताहरुको लागि रहेको अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए। एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधि को मात्र लागि रहेको बताइएको छ। हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक एक सय रुपैयाँ हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x