प्रभु क्यापिटलमा डिम्याट खाता निशूल्क खोल्न सकिने

काठमाडौं, १० साउन । प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्केम’ योजना ल्याएको छ । यस सेवाअन्तर्गत नयाँ डिम्याट खाता खोल्दा एक वर्षको मेरो शेयरको समेत सेवा शूल्क नलाग्ने बताइएको छ । यो योजना साउन १० गतेदेखि ३२ गतेसम्म सञ्चालन हुने छ ।

साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिले नै डिम्याट खाता हुनेले नयाँ डिम्याट खाता खोल्नका लागि अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेका शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *