जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ९ खर्ब ६४ अर्ब

काठमाडौं, १० साउन । गत आर्थिक वर्ष २०७८÷८९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्य)मा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ९ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय लेखा शाखाको तथ्यांकलाई आधारमा मान्दै तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपालको तथ्यांकीय झलक–२०७८’ ले यस्तो देखाएको हो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ९ खर्ब ५ अर्ब ३४ करोड रुपैयाँ बरारबको रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा जीडीपीमा यस क्षेत्रको योगदान रकम ५९ अर्बले बढेको प्रारम्भिक अनुमानले देखाएको छ ।

गत आर्थिक वर्षमा जीडीपीको आकार ४२ अर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ बराबरको रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ बराबरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *