Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रोग्रेसिभ फाइनान्सले शुरू गर्‍यो ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेशन प्रणाली

प्रोग्रेसिभ फाइनान्सले शुरू गर्‍यो ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेशन प्रणाली

काठमाडौं, १२ साउन । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिले भगिनी संस्था डिजिहब प्रालि)सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरु गरेको छ । यस प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

प्रोग्रेसिभ फाइन्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृतसन्जोग मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।

प्रोग्रेसिभ फाईन्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x