सिटिजन्स बैंकले गत वर्ष १ अर्ब ५९ करोड खुद नाफा कमायो
काठमाडौं, १५ साउन । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले नाफा ३३.४० प्रतिशतले वृद्धि गरेको छ ।
यस्तै, बैंकको वितरणयोग्य १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २५.०८ र सञ्चालन नाफा ४३.६६ प्रतिशतले सुधार भएपछि खुद नाफा बढेको देखिन्छ ।
खरब कर्जा गत वर्षको तुलनामा १.२२ प्रतिशतले बढेर २.७७ प्रतिशत पुगेको छ ।