सर्वोत्तमको शेयर बिवादबारे नेप्सेका सिईओ साउदलाई पनि अर्थले सोध्यो स्पष्टीकरण
काठमाडौं, १५ साउन । सर्वोत्तम सिमेन्टको शेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर किनेको पाइएपछि मनत्रालयले स्पष्टीकरण सोधेको हो ।
यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा शेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।