फोर्डको नयाँ फिगो सार्वजनिक
काठमाडौं, १८ साउन । फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ। फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ। नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनका ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण रहेको जनाइएको छ। जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिनजसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ भने उक्तबीएस ६ सँग जोडिएको छ।