Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

४४ लाख ४६ हजार नाघे करदाता

४४ लाख ४६ हजार नाघे करदाता

काठमाडौं, १८ साउन । गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा करदाताको संख्या ४४ लाख ४६ हजार नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसासार सो अवधिसम्ममा व्यक्तगत तथा संस्थागत गरी कुल करदाता संख्या ४४ लाख ४६ हजार ९२६ पुगेको हो । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा करदाता संख्या ३६ लाख २४ हजार ९२१ रहेको थियो ।

गत आवमा व्यक्तगत स्थायी लेखा नम्बर ९प्यानमा० दर्ता भएका करदाता २४ लाख ७४ हजार ७६८ पुगेका छन्, जुन अघिल्लो आवको भन्दा ५ लाख १८ हजारभन्दा धेरै हो । अघिल्लो आवमा १९ लाख ५६ हजार १९३ जनाले व्यक्तिगत प्यान लिएको विभागको तथ्यांक छ ।

यसैगरी सोही अवधिमा आयकर बुझाउने करदाता १५ लाख ७९ हजार ६४९, मूल्य अभिवृद्धि करतर्फ २ लाख ६९ हजार २९३, अन्तःशुल्कतर्फ १ लाख ४ हजार ५० र स्रोतमा कर कट्टीतर्फको करदाता ९ हजार ९९८ पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x