मेरो माइक्रोफाइनान्सको नाफा १४५ प्रतिशतले बढ्यो

काठमाडौं, १८ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७–०७८ मा ४४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १४५.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १८ करोड २१ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष लघुवित्तले खुद ब्याज आम्दानी ७२.४६ प्रतिशतले बढेर ९० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५२ करोड २४ लाख आर्जन गरेको थियो । यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि १०२.५२ प्रतिशत बढेर ५९ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ११ करोड ५१ लाख ५९ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

यस लघुवित्तको जगेडा कोषमा ६३ करोड १२ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *