Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साझा कार्यक्रम र कार्यविधिले पायो अन्तिम रूप, आजै सार्वजनिक गरिँदै

साझा कार्यक्रम र कार्यविधिले पायो अन्तिम रूप, आजै सार्वजनिक गरिँदै

काठमाडौं, २४ साउन । सरकार सञ्चालनका लागि सत्तारूढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो ।

उक्त प्रतिवेदनलाई सरकारले आज (आइतवार) अपराह्न ४ बजे सार्वजनिक गर्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिएको राससमा उल्लेख छ । कार्यदलले गत शुक्रवार प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x