Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

इपिएस मार्फत कोरिया जना माग भन्दा ११ गुण बढी आवेदन

इपिएस मार्फत कोरिया जना माग भन्दा ११ गुण बढी आवेदन

युवराज पन्त
काठमाडौं, १९ चैत । कोरियाली भाषा परीक्षा इपिएस प्रणाली मार्फत कोरिया जानका लागि यस वर्ष ८२ हजार २ सय ६४ जनाले आवेदन दिएका छन् । इपिएस शाखाका प्रबक्ता शोभाकर भण्डारीका अनुसार गतबर्ष ७५ हजार ५ सय ८० जनाले आवेदन दिएकोमा यसपटक भने ६ हजार ६ सय ८२ जनाको बढी आवेदन परेको छ।

कृषि र उत्पादनमूलक तर्फ कोरियन भाषा इपिएस परिक्षा उत्तिर्ण प्रशिक्षार्थी लग्ने गरेको इपिएस शाखाले जनाएको छ । कृषितर्फ ३९ हजार ६ सय ४० जनाको आवेदन परेको छ। जसमा महिला ९ हजार ४ सय ६१ जना र पुरुष ३० हजार १ सय ७९ जना रहेका छन् । त्यस्तै उत्पादन तर्फ ४२ हजार ६ सय २४ जनाले आवेदन परेकामा ३९ हजार २ सय ८ जना पुरुष र ३ हजार ४ सय १६ जना महिला रहेको भण्डारीले जानकारी दिए ।

उनका अनुसरा यस वर्षको परिक्षा २०७५ साल जेठ २६ र २७ गते दुई चरणमा हुनेछ । काठमाडौं र पोखरामा परीक्षा केन्द्र तोकिएको छ । यसपटक जम्मा ७ हजार १ सय जना माग आएको छ । यसमध्ये उत्पादनमुलकतर्फ ४ हजार ८ सय जना र कृषि क्षेत्रतर्फ २ हजार ३ सय कोटा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *