अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्कर

काठमाडौं, ११ भदौ । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्कर कर्णलाई सरुवा गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
सरकारले गत असारमा पुष्करलाई सचिवमा बढुवा गरेको थियो। उमेर हदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि रिक्त स्थानमा उनलाई ल्याइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्त सचिव रहेका पुष्कर सहसचिव हुंदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए । उनिसंग दिल्लीस्थित नेपाली दूतावासमा आर्थिक सहचारी,मकवानपुर,वारालगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ । साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्। उनीसँग गृह प्रशासनमा लामो समय काम गरेको समेत अनुभव छ ।