Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वैदेशिक रोजगारीमा कोरोना प्रभाव, श्रम स्वीकृतिमा ६२ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा कोरोना प्रभाव, श्रम स्वीकृतिमा ६२ प्रतिशतले कमी

काठमाडौं, १३ भदौ । कोरोना भाइरस संक्रमणको कहरका कारण वैदेशिक रोजगारी नराम्ररी प्रभावित भएको छ । कोभिड महामारीकै कारण गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संख्यामा ठूलो कमी आएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत आर्थिक वर्षको तथ्यांक अनुसार सो अवधिमा कुल ७२ हजार ८१ जनाले श्रम स्वीकृति लिएका हुन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ प्रतिशतले कम हो । अघिल्लो आवमा १ लाख ९० हजार ४५३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

गत आवमा श्रम स्वीकृति लिनेमा पुरुष ६४ हजार ९०३ र महिला ७ हजार १७८ जना रहेका छन् । सो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ५ हजार ३१७ रहेको छ ।

मन्त्रालयका अनुसार गत आवमा सबैभन्दा श्रम स्वीकृति साउदी अरबको रोजगारीका लागि जारी भएको छ । सो अवधिमा साउदी अरबका लागि २३ हजार ३२४ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै दोस्रो धेरै श्रम स्वीकृति जारी भएको मुलुक कतार रहेको छ, जसका लागि २२ हजार १३१ जनाले श्रम स्वीकृति पाएका छन् । यस्तै तेस्रोमा यूएईका लागि ११ हजार ६११ जनाले श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x