बुद्धभूमि नेपाल हाइड्रोको आइपीओ भर्ने समय थप
काठमाडौं, १४ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने म्याद भोली (मंगलबार) सम्म कायम भएको छ । आईपीओमा आवेदन दिने अन्तिम दिन आज भएपनि आज सार्वजनिक विदा परेका कारण मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।