शेयर बजार ४० मिनेटका लागि बन्द
काठमाडौ, २० भदौ । आइतबार बजार खुलेको दोस्रो घण्टामा ५ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेकसम्बन्धी व्यवस्था अनुसार दोस्रो घण्टामा पाँच प्रतिशत घटे वा बढेमा ४० मिनेट बजार बन्द हुन्छ । आज १४७.३१ अंकले घटेर बजार २७७९.६८ विन्दुमा रोकिएको छ ।
त्यस्तै तेस्रो घण्टा वा त्यसपछि ६ प्रतिशत भन्दा बढी बढे÷घटेमा पुरै समय कारोबार बन्द हुने छ । बजार अब १ः४० मा खुल्ने छ ।