Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अमेरिकामा ४६ प्रतिशतले बढ्यो नेपालको निर्यात, यस्तो छ व्यापारको वस्तुस्थिति

अमेरिकामा ४६ प्रतिशतले बढ्यो नेपालको निर्यात, यस्तो छ व्यापारको वस्तुस्थिति

काठमाडौं, २० भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा भारतपछि नेपालको सबैभन्दा धेरै निर्यात व्यापार अमेरिकासँग भएको छ । भन्सार विभागका अनुसार सो अवधिमा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात हुँदा अमेरिकामा १३ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६।१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा नेपालले ९ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

गत आर्थिक वर्षमा अमेरिकाबाट हुने आयात भने घटेको छ । सो अवधिमा नेपालको कुल आयात १५ खर्ब ३९ अर्ब ८४ करोडको आयात गर्दा अमेरिकाबाट १९ अर्ब ५० करोड १४ लाख रुपैयाँ बराबरको वस्तु पैठारी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७।२ प्रतिशतको ह्रास हो ।

गत आवमा नेपालबाट अमेरिकामा निर्यात भएका प्रमुख वस्तुहरूमा ऊलन कार्पेट, तामा तथा यसका आइटम, कटन झोला, औषधीय तेल, उनी फेल्टका उत्पादन, पश्मिना, तयारी गहना लगायत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x