शेयर बजार ३.७० प्रतिशत घट्यो, परिसूचक २८१८.७३ विन्दुमा बन्द
काठमाडौ, २० भदौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.७० अंक घटेर बन्द भएको छ । आज परिसूचक १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा रोकिएको हो । आज २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार कित्ता शेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँमा खरिद विक्री भएको छ ।
आज १३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै १८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । सर्वाधिक शेयर मूल्य वृद्धि सानिमा लाइफ इन्स्योरेन्सको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार नकरात्मक सर्किट ब्रेक
आइतबार बजार खुलेको दोस्रो घण्टामा ५ प्रतिशतले घटेर नकरात्मक सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेकसम्बन्धी व्यवस्था अनुसार दोस्रो घण्टामा पाँच प्रतिशत घटे वा बढेमा ४० मिनेट बजार बन्द हुने हुन्छ । सोही अनुरुप बजार ४० मिनेट बन्द भएको थियो ।