उकालो लाग्दै सेयर बजार, बिहिबार २३ अंकले बढ्यो
काठमाडौं, २२ चैत । बामगठबन्धनको सरकार बनेपछि निरन्तर ओरालो लागेको सेयर बजार पछिल्ला केही दिनयता भने उकालो लाग्न थालेको छ ।
साताको अन्तिम कारोबार दिन बिहिबार बजार २३.९४ अंकले बढेर १२५०.३९ बिन्दुमा उक्लिएको छ । मंगलबार ८ अंकले बढेको बजार बुद्यबार २७ अंकले बढेको थियो ।
आज कारोबारमा आएका मध्ये सबैसमूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक सबैभन्दा बढी १७४.९५ अंकले बढेको छ । माइक्रोफाइनान्स ३५, उत्पादन तथा प्रशोधन ४९, विकास बैंक समूहको परिसूचक ३१.८१ अंकले बढेको छ।
त्यस्तै सो दिन एक सय ६८ कम्पनीको ६१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।