Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

संस्कृति विश्वविद्यालयका कर्मचारीको पेन्सन अव राष्ट्रिय वाणिज्य बैंकको खातामा

संस्कृति विश्वविद्यालयका कर्मचारीको पेन्सन अव राष्ट्रिय वाणिज्य बैंकको खातामा

काठमाडौं, २२ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्झौत भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।

समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने विश्वास लिईएको बताए । त्यस्तै बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत सबैलाई बैंकले आफ्ना आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बताए । राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x