Shangrila

जुत्ताचप्पल मेलामा उपभोक्ताहरुको भिड

काठमाडौं, २२ चैत । काठमाडौंको भृकुटीमण्डपमा जारी बृहत जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड लागेको छ । एकै ठाँउमा छानीछानी सस्तो मुल्यमा आफुलाई मन परेको ब्रान्डको जुत्ता, चप्पल पाइने भएकाले उपभोक्ताहरु मेलामा आकर्षित भएका हुन ।

मेलामा २३ ब्राण्डका नेपाली जुत्ता, चप्पालहरु छन् । १ सय देखि १० हजार रुपैंयाँ सम्मका जुत्ताचप्पल उपलब्ध रहेको फुट्वेयर मेनुफ्याक्चर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठले बताए । अहिले दैनिक चार सय देखि पाँच सय जोर सम्म बिक्री भइरहेको छ ।
स्वदेशी जुत्ताचप्पलका सेल मेला बेलावेलामा हुने गरेपनि यति धेरै ब्राण्ड एकै ठाँउमा सहभागी गएर आयोजना गरिएको यो पहिलो भएको रोयल सुजका संचालक भीमलाल पौडेलले बताए । मेला यही चैत २५ सम्म चल्ने छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *