Shangrila

कर्मचारी संचय कोषको प्रशासकका लागि तीन जना सिफारिस, गौतमको सम्भावना प्रवल

काठमाडौं, २२ चैत । कर्मचारी संचयकोषको प्रशासकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अर्थमन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा रहेको छनौट समितिले व्यवसायीक कार्ययोजना तथा अन्तर्वार्ताका आधारमा तुलसीप्रसाद गौतम, राजेन्द्र काफ्ले र दीपक रौनियारलाई नियूक्तिको लागि सिफारिक गरेको हो ।

सिफारिसमा परेका मध्येबाट एक जनालाई अव बस्ने मन्त्रीपरिषद्को बैठकले प्रशासकमा नियूक्त गर्ने छ । कोषको प्रशासकको दौडमा यी तीन सहित ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल गरि ५ जना थिए ।

व्यवसायीक कार्ययोजना र अन्तर्वार्ताका आधारमा सिफारिस भएका मध्ये पनि प्रशासकमा गौतमको सम्भावना प्रवल देखिएको बुझिएको छ । गत भद्रौमा कृष्णप्रसाद आचार्यले अवकास पाएपछि कोषमा प्रशासक पद रिक्त छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *